काठमाडौं।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग छानबिन विशेष समितिले बयान लिएको छ । बुधबार समितिले पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान लिएको हो ।
सङ्घीय निजामती विधेयकको कुलिङ अफ पिरियडमा हेरफेर गरिएको भन्दै छानबिन गरिनुपर्ने माग गरिएपछि कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
बैठकमा सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिका सदस्यहरू ,इश्वरी घर्ती, माधव सापकोटा , गणेश पराजुली, सुशीला थिङ, रोशन कार्की, सहसचिव मनोज कुमार गिरी लगायत सहभागी छन् ।