सिटी रेबानको रक्तदानमा ४४ युनिट रगत संकलन

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा नगर रेस्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेबान)ले विहिबार विहान सिर्जनाचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४४ युनिट रगत संकलन भएको छ ।

रक्तदान कार्यक्रमको सुरुवात नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष डण्डराज पौडेल र सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले पहिलो रक्तदाता देवेन्द्र लम्साललाई ब्लड व्याग हस्तान्तर गरेर गरेका हुन् ।

कार्यक्रममा बोल्दै रेडक्रस कास्कीका अध्यक्ष डण्डराज पौडेलले रक्तदान जस्तो पुण्यको काम अरु केही नहुने बताए । उनले मानिसको जीवन बचाउन चाहिने रगत दान गर्ने कार्यक्रम गरेकोमा सिटी रेवान प्रति हार्दिक आभार प्रकट गरे ।

रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको सिटी रेवान पोखराका सचिव केशव घिमिरेले जानकारी दिएका छन् ।

  • ११ जेष्ठ २०८०, बिहीबार १९:३८ प्रकाशित