गण्डकी प्रदेशको अधिबेशन भोलि देखि

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सभाको बजेट अधिबेशन भोलि(जेठ १२ गते)बाट शुरु हुने भएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गरेका हुन् ।

जेठ १२ गते अर्थमन्त्री जीतप्रकाश आलेले आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने छन् । बैशाख १४ गते नियुक्त भएर १५ गते मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका थिए भने २१ विश्वासको मत लिएका थिए ।

अहिले सरकार नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोडको बजेट प्रस्तुत गरेर कार्यान्वयनमा रहेको छ ।

  • ११ जेष्ठ २०८०, बिहीबार १०:१६ प्रकाशित