भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृह मन्त्रालयले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो ।

सूचनामा भनिएको छ,’ वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

  • १० जेष्ठ २०८०, बुधबार १६:४४ प्रकाशित