सिमा सुरक्षामा सरकार प्रतिवद्ध छ, लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै हो : प्रम दाहाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो देशको सिमानाको सुरक्षाको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताए ।

उनले भने, ‘थाती रहेको सीमासम्बन्धी बिषयलाई एतिहासिक सन्धि, नक्सा र तथ्यप्रमाणको आधारमा कूटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ छ ।

  • ९ जेष्ठ २०८०, मंगलवार १६:२० प्रकाशित