२८ औं पटक सगरमाथा चढ्दै कामीरिता

केन्द्रभाग मिडिया

काठमाडौं ।

विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथा चढ्न सुरु गरेका छन् ।

सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि कामीरिता २८ औं पटक सगरमाथा चढ्न थालेका हुन् ।

सबैभन्दा धेरैपटक सगरमाथा चढेको आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न उनले सोमबारदेखि नै आरोहण सुरु गरेको उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ । सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरागाईंको अनुसार कामीरिता आज (मंगलबार) चुचुरोमा पुग्ने योजना हो । तर पुगिसकेको खबर आइसकेको छैन ।

सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्स प्रालिका गाइड हुन् । उनले सबैभन्दा पहिले २०५१ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।

  • ९ जेष्ठ २०८०, मंगलवार १०:१० प्रकाशित