हल्लनचोकबाट गैह्राको चौतारा जाँदै गरेको मोटरसाइकल दुर्घटना : एकको ज्यान गयो, एक घाईते

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको ज्यान गएको छ भने एक घाइते भएका छन् ।

आज बिहान १ बजेतिर भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा महानगरपालिका–६ हल्लनचोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग२४प ३१० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई खहरेचोक सडकको छेउमा रहेको बिजुलीको पोलमा ठोक्किदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुका १७ वर्षीय सङ्गम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

  • ९ जेष्ठ २०८०, मंगलवार ०८:५१ प्रकाशित