सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन पोखरामा हुने

केन्द्रभाग मिडिया

पोखरा ।

सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन गण्डकी प्रदेशको पोखरामा हुने भएको छ ।

प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा छ्लफल गर्न जेठ १० गते बुधबार सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन हुन लागेको गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।

कुन प्रदेशले के काम गरिरहेका छन्, प्रदेशले गरेका कार्य तथा अनुभव साटफेर गर्न र सबै प्रदेशको साझा धारणा बनाउन सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।

  • ८ जेष्ठ २०८०, सोमबार १५:२७ प्रकाशित