नक्कली शरणार्थी प्रकरण : पक्राउ परेकालाई साढे २० वर्ष सजाय माग दाबी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेकाहरुमाथि साढे २० वर्षको कैद सजाय मागदाबी हुने भएको छ ।

प्रहरीले सोमबार सरकारी वकिलको कार्यालयमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजाय हुनेगरी मागदाबी लिएर अदालतमा मुद्दा दायर हुनुपर्ने राय दिइएको हो ।

३२ जनालाई प्रतिवादी बनाइनुपर्ने रायसहितको प्रतिवेदनमा आरोपीहरुविरुद्ध छुट्टाछुट्टै चार वटा मुद्दा लगाउनुपर्ने उल्लेख छ । जसमा ठगी, राष्ट्रहित प्रतिकुलको कसुर, कीर्ते र संगठित अपराको मुद्दा चलाउन प्रहरीले राय दिएको हो ।

ठगी, कीर्ते र राष्ट्रहित प्रतिकुलको कसूरमा अलग अलग सजाय गर्दा जम्मा १९ वर्ष सजाय हुने र संगठित अपराध बापत थप ५० प्रतिशत सजाय हुँदा अधिकतम सजाय गरेको अवस्थामा साढे २८ वर्ष सजाय हुने देखिएको प्रहरीले बुझाएको रायमा उल्लेख छ ।

तर, एकीकृत कसूरवापत थप सजाय गर्दा सबैभन्दा बढी सजाय हुने ठगीमा ७ वर्ष, त्यसपछि कीर्तेमा आधा ३.५ वर्ष, राष्ट्रहित प्रतिकुलको कसूरमा २।५ वर्ष गरी जम्मा १३ वर्ष हुने देखिन्छ । यही हेर्दा संगठित अपराध बापत थप ५० प्रतिशत हुँदा २०.५ वर्ष सजाय मात्र हुने प्रहरीको भनाइ छ ।

  • ८ जेष्ठ २०८०, सोमबार १४:४९ प्रकाशित