घाटी रेटिएको अवस्था युवकको शव भेटियो

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

सप्तरीमा एक जना युवकको हत्या भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-४ मधवापुरस्थित खेतमा आज बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको हो ।

अन्दाजी २५ वर्षीय युवकको शव देखेपछि आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

अहिलेसम्म मृतकको परिचय खुल्न नसकेको प्रहरीले बताएको छ ।

  • ८ जेष्ठ २०८०, सोमबार १०:४० प्रकाशित