मधेश प्रदेशमा हावाहुरीको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो ?

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली र बाँकी भु-भागहरुमा आंशिक बदली देखी सामान्यतया सफा छ ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का र क्षणिक वर्षाको सम्भावना  छ । तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना छ ।

राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्सहित हल्का र क्षणिक वर्षाको सम्भावना  छ ।

  • ३ बैशाख २०८०, आईतवार ०७:०३ प्रकाशित