बाल यौन दुरुपयोग आरोपमा पोखराका एक बालक प्रकाउ

केन्द्रभाग मिडिया

पोखरा ।

बाल यौन दुरुपयोगको आरोपमा पोखरामा एक बालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पीडित बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा बाल यौन दुरपयोग शिर्षकमा जाहेरी दिएपछि बालकलाई पक्राउ गरेको बताएको छ ।

कास्की प्रहरीका अनुसार प्रकाउ परेका बालकलाई बाल यौन दुरुपयोग सम्बन्धी मुद्धामा जिल्ला अदालत कास्कीबाट म्याद गरी अनुसन्धान अगाडि बढाइएको छ ।

पोखराको एक विद्यालयमा अध्ययनरत बालिकाले आफूमाथि भएको बाल यौन दुरुपयोग भएको विषय सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि पीडित र अभिभावकसँग कास्की प्रहरीले सम्पर्क गरेको थियो । त्यसपछि परिवारले जाहेरी दिएपछि ति बालकलाई कास्की प्रहरीले प्रक्राउ गरेको बताइएको छ ।

  • ५ चैत्र २०७९, आईतवार १८:३९ प्रकाशित