काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले भोलि संसद्मा शतप्रतिशत विश्वासको मत पाउने दाबी गरेका छन् । संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले भने,‘पुष २६ गते ९९ भन्दा बढि मत पाएको थिएँ । भोलि एक सय प्रतिशत पाउँछु ।’ प्रधानमन्त्री दाहालले भोलि ९सोमबार० दिउँसो १ बजे संसद्मा विश्वासको मत लिने कार्यतालिका छ ।