विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

केन्द्रभाग मिडिया

विराटनगर ।

विराटनगरमा अनिश्चिकालीन निषेधाज्ञा लागू भएको छ ।

कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधाज्ञा लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै आइतबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको हो ।

मोरङका सीडीओ तीर्थराज भट्टराईका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ ।

आदेशको उल्लंघन गरिए कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

  • ५ चैत्र २०७९, आईतवार १०:१३ प्रकाशित