उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।आज भएको निर्वाचनमा ३० हजार ३२८ मत ल्याएर विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए ।

एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

 

  • ३ चैत्र २०७९, शुक्रबार १६:४१ प्रकाशित