संसद बैठकअघि नै कांग्रेसले सत्तापक्षमा बस्ने निर्णय गर्नुपर्छ : महामन्त्री थापा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

कांग्रेस महामन्त्री गगन थापाले संसद्को आगामी बैठकअघि नै पार्टी सत्तापक्षमा बस्नुपर्ने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि नै सत्तापक्षमा जानेरनजाने कुरा निर्णय गर्नुपर्ने बताएका हुन् ।

चैत ५ गतेका लागि बोलाइएको संसद् बैठकअघि नै कांग्रेसले सत्ता पक्षमा बस्ने, सरकारमा जाने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गर्नुपर्ने महामन्त्री थापाको भनाइ छ ।

चैत ६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

  • ३ चैत्र २०७९, शुक्रबार १६:१६ प्रकाशित