उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । संसद भवनमा मतगणना सुरु भएको हो । निर्वाचनमा ८२९ सांसदले मतदान गरेका छन् । संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ सांसदले मतदान गरेका छन् ।

उपराष्ट्रपतिमा जसपामा रामसहाय यादव, जनमतकी ममता झा र एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् ।

  • ३ चैत्र २०७९, शुक्रबार १५:४७ प्रकाशित