बीडीएसको प्रवेश परीक्षामा सिटभन्दा १ हजार बढी उत्तीर्ण

केन्द्रभाग मिडिया

काठमाडौं।

चिकित्सा शिक्षा आयोगले बीडीएस शैक्षिक कार्यक्रमको नतिजा प्रकाशन गरेको छ ।

आयोगले फागुन २५ गते लिएको एकीकृत प्रवेश (एमईसीईई–बीएल २०२३) अन्तर्गतको बीडीएस शैक्षिक कार्यक्रममा आयोगले छुट्याएको सिट संख्याभन्दा १ हजार ९०३ जना बढी विद्यार्थी उतीर्ण भएका हुन् ।

आयोगको नतिजा अनुसार बीडीएस एकीकृत प्रवेश परीक्षामा २ हजार ४६३ जना बीडीएसको प्रवेश परीक्षामा उत्तीर्ण भएका छन् ।बीडीएस शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका विभिन्न १४ शिक्षण संस्थालाई ५६० सिट छुट्याएको छ ।

  • ३ चैत्र २०७९, शुक्रबार १४:३७ प्रकाशित