उपराष्ट्रपति चुनाव : रास्वपाले ममता झालाई मत दिने

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने भएको छ ।

उपराष्ट्रपति चयनका लागि संसद भवन, बावेश्वरमा मतदान भइरहेको छ । रास्वपा सांसदहरु छलफलमा जुटेका थिए । एक सांसदका अनुसार छलफलमा झालाई मत दिने समझदारी भएको छ ।

उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् ।

  • ३ चैत्र २०७९, शुक्रबार १४:१८ प्रकाशित