सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको १ लाख ७ हजार

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आफ्नै रेकर्ड ब्रेक गर्दै आज(शुक्रबार)छापावाला सुनको मूल्य तोलाको १ लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो ।

यसअघि गत फागुन १२ नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । सोही रेकर्डलाई ब्रेक गर्दै शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले नै बढ्दै १ लाख ६ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले मात्र बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • ३ चैत्र २०७९, शुक्रबार १०:५० प्रकाशित