क्रियापुत्री बराल उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न काठमाडौं गए

केन्द्रभाग मिडिया

पोखरा ।
शोकमा रहेका गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद प्रकाश बराल उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न काठमाडौं गएका छन् । शुक्रबार बिहान बुद्ध एयरमार्फत उनी काठमाडौं  गएका हुन्।

बुवाको निधन पछि काजकिरियामा रहेका बराल मतदानका लागि गएका हुन् ।

उपराष्ट्रपतिको निर्वाचनमा प्रदेश सभा सदस्यको पनि मताधिकार हुन्छ । काजकिरियाकै पोसाकमा सांसद बराल काठमाडौं गएका हुन् । बराल कास्की ३ ख बाट निर्वाचित भएका हुन् । गएको फागुन २६ बरालका बुवाको निधन भएको थियो ।

  • ३ चैत्र २०७९, शुक्रबार १०:३७ प्रकाशित