नेपालको खराब सुरुवात : गुमायो दोस्रो विकेट

केन्द्रभाग मिडिया

काठमाडौं ।

यूएईविरुद्ध ३११ रनको किर्तिमानी लक्ष्य पाएको नेपालले खराब सुरुवात गरेको छ । पहिलो ओभरको तेस्रो बलमा नेपालले विकेट गुमाएको हो ।

ओपनर आसिफ शेख शून्यमा नै आउट भएका छन् ।यूएईका स्पिनर आयन अफजल खानलाई ठूलो सट हान्ने चक्करमा आसिफ विकेट पछाडि क्याच हुन पुगे ।

यूएईविरुद्धको खेलमा नेपालले दोस्रो विकेट पनि गुमाएको छ । कुशल मल्ल ५ बलमा पाँच रन बनाएर आउट भए ।३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ६ रनमै दुई महत्वपूर्ण विकेट गुमाएको हो । ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेल अहिले क्रिजमा छन् ।

  • २ चैत्र २०७९, बिहीबार १४:०० प्रकाशित