नेपाल–यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा

केन्द्रभाग मिडिया

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको मैदानमा पुगेका छन् ।विश्वकप लिग २ अन्तरगतको अन्तिम खेलमा नेपालमाथि टस जितेर युएईले ब्याटिङ रोजेको छ । खेल ९ : ३० बाट सुरु भएको छ ।

नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरणले बताए ।
विश्वकप लिग २ को अन्तिम तथा नेपालका लागि निर्णायक खेलमा बलर करण केसी ‘मिस’ भएका छन् । नेपाल र यूएईबीचको म्याचमा उनलाई बेन्चमा राखिएको हो ।

  • २ चैत्र २०७९, बिहीबार ०९:३६ प्रकाशित