उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक

केन्द्रभाग मिडिया

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आयोगले मङ्गलवार उम्मेदवारको फोटोसहितको मतपत्रको नमूना सार्वजनिक गरेको हो।

संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र राखेको छ । मतपत्रमा उपराष्ट्रपति उम्मेदवारको फोटो पनि राखिएको निर्वाचन आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम पौडेलले जानकारी दिएका छन् ।

नेकपा ९एमाले०का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवाद पार्टीका नेता रामसहायप्रसाद यादव र प्रमीला कुमारी र जनमत पार्टीका ममता झा उपराष्ट्रपतिका उम्मेदवार छन् ।

  • १ चैत्र २०७९, बुधबार ११:२० प्रकाशित