काठमाडौँ ।
लघुवित्त र मिटर ब्याजीहरुविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन भएको छ । मंगलबार पीडितहरू काठमाडौँको माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका लागि पीडितहरू काठमाडौँ उपत्यकाबाहिरबाट समेत आएका थिए । प्रदर्शनमा ५० जिल्लाका पीडित सहभागी भएको उनीहरुको दाबी छ ।
उनीहरूले लघुवित्त र मिटर ब्याजीबाट पीडित भएकोले ऋण मिनाह गर्नुपर्ने तथा किसानहरुले विना धितो ऋण पाउनुपर्ने माग अघि सारेका छन् ।