पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा तालाबन्दी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा तालाबन्दी भएको छ । स्ववियु निर्वाचनलाई लिएर भएको विवादका कारण कांग्रेसनिकट विद्यार्थी संघ (नेविसंघ) क्याम्पस प्रशासनमा झण्डा टाँसेर तालाबन्दी गरेको हो । नेविसंघ क्याम्पस इकाई कार्यसमितिका ३ उपसभापतिसहितका कार्यसमितिले मंगलबार क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

सोही समूहले हिजो(सोमबार) क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए । क्याम्पसले एकलौटी गरेको आरोप लगाउदै तालाबन्दी गरेका हुन् ।

उक्त समूहले स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता समयमा क्याम्पसको इकाई बैठकविना बाहिरी व्यक्तिहरूको अनधिकृतरूपमा प्रवेश गरेको भन्दै क्याम्पस इकाई कमिटीका उपसभापति सन्देश पोखरेल, सुमन भट्टराई, सचिन अर्यालसहित १४ जनाले राजीनामा दिएका थिए ।

  • ३० फाल्गुन २०७९, मंगलवार १५:५२ प्रकाशित