पहाडी भेगमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी तथा हिमाली भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही तराई भेगमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले छ। साथै तराईका एक-दुई स्थानमा समेत मेघ गर्जन / चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।
राती भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

  • ३० फाल्गुन २०७९, मंगलवार ०९:१९ प्रकाशित