गोरखामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गुम्यो, ७ जना घाइते

केन्द्रभाग मिडिया

तस्बिर : राजेन्द्र न्यौपाने/गोखरा

पोखरा ।

गोरखाको बिसौनी मोडमा दुध बोक्ने ट्रक अनियन्त्रित हुदाँ एक जनाको ज्यान गुमेको छ । ७ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार गोरखा बसपार्कबाट हरमटारीचोक तर्फ जाँदै गरेको प्रदेश न ३ ०१ ००३ क ६१७० नम्बरको ट्रक अनियनिन्त्र भई दुर्घटना भएको हो ।

ट्रक अनियन्त्रित हुँदा बिपरित दिशा तर्फ आईरहेको मोटर साईकल चालक र  बिसौनीमोडमा चटपट खाईरहेका एक व्यक्ति सहित ७ घाईते भएका छन् ।

उनीहरुको उद्धार कार्य भइरहेको छ । ‘अहिले हामी उद्धारमा छौं थप विवरण आउने क्रममा छ’ उनले भने ।

  • २९ फाल्गुन २०७९, सोमबार १४:०१ प्रकाशित