राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

केन्द्रभाग मिडिया

काठमाडौं ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयतको शपथ लिएका छन् । उनले सोमबार मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा शपथ लिएका हुन् ।

पौडेललाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराए । काठमाडौंको महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवासमा शपथ समारोह आयोजना गरिएको थियो । पौडेल अब पाँच वर्षका लागि शीतलनिवासमै बस्नेछन् ।

यही फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा पौडेलले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गरेका थिए । यसैबीच, राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरी विद्यादेवी भण्डारी आजै शीतलनिवासबाट महाराजगन्जस्थित छोरीको निवासमा सर्दै छिन् ।

  • २९ फाल्गुन २०७९, सोमबार १४:२४ प्रकाशित