राजा जस्तो राष्ट्रपति नहुन पौडेललाई गगन थापाको सुझाव

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति नहुन सुझाव दिएका छन् । नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा रहेको बताउदै उनले यस्तो सुझाव दिएका हुन् ।

बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेललाई बधाई तथा शुभकामना सन्देश दिने क्रममा थापाले पौडेललाई राजा जस्तो राष्ट्रपति नहुन सुझाव दिएका छन् । ‘रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने हाम्रो इच्छा छ,’थापाले बधाई सन्देशमा भनेका छन् ।

पौडेल वर्तमान व्यवस्थाका निम्ति लामो संघर्ष गरेको व्यक्ति भएको उल्लेख गर्दै संस्थालाई सम्मानित, मर्यादित र गरिमामय बनाउने अपेक्षा थापाले गरेका छन् ।

  • २६ फाल्गुन २०७९, शुक्रबार १५:१९ प्रकाशित