प्रधानमन्त्री दाहालको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटको सुनुवाइ सकिएको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइ सकिएको हो ।

आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा।सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइटेल ध्रुवलाल श्रेष्ठले बहस गरेका थिए ।

प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए । सुनुवाइ सकिएपनि आदेश आउन बाँकी छ ।

तीन वर्षअघि प्रचण्डले द्धन्द्धकालमा मारिएका १७ हजार मध्ये ५ हजारको जिम्मा लिन्छु भन्दै दिएका अभिव्यक्तिलाई लिएर उनीविरुद्ध मुद्धा परेको हो ।

  • २६ फाल्गुन २०७९, शुक्रबार १४:१६ प्रकाशित