माओवादीका ८ घटकको बैठक : सामूहिक दबाबका कार्यक्रम घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

माओवादी घटक ८ दलको बैठब सकिएको छ। बैठबले फागुन २८ गते (आइतबार) संयुक्त पत्रकार सम्मेलन गरी पछिल्ला घटनाक्रमको सामूहिक रूपमा खण्डन गर्ने भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले सो निर्णय गरेको हो । बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रिया अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

पछिल्लो समय शान्ति प्रक्रियाको उल्लंघन गर्ने प्रवृत्ति देखिएको भन्दै गुरुङले आपत्ति जनाए ।शान्ति प्रक्रिया उल्लंघन गर्ने, उल्ट्याउने खालका प्रवृत्ति देखिएको भन्दै शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा नै निरन्तर अभियान जारी राख्ने निर्णय भएको पनि गुरुङले जानकारी दिए ।

  • २६ फाल्गुन २०७९, शुक्रबार १०:४५ प्रकाशित