शान्ति प्रक्रिया टुंग्याउनबाट कोही पन्छिन मिल्दैन : गगन थापा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रिया टुंगोमा पुर्याउनबाट कोही पन्छिन नमिल्ने बताएका छन् ।

सरकारले दर्ता गरेको टीआरसी विधेयकलाई सर्वस्वीकार्य हुनेगरी संसदको यही सत्रबाट पारित गर्नुपर्नेमा जोड दिदै थापाले सो बताएका हुन् । शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन शान्ति सम्झौतामा हस्ताक्षर गर्ने कांग्रेस, माओवादी केन्द्र र एमालेको सामूहिक जिम्मेवारी भएको भन्दै उनले यसबाट कोही पन्छिन नमिल्ने जिकिर गरे ।

थापाले भने, ‘शान्ति प्रक्रियामा उल्लेख गरेका अन्य थुप्रै विषय हामीले टुंग्यायौँ । तर, संक्रमणकालीन न्यायको प्रक्रियाबाट टुंग्याउनुपर्ने विषयहरूको सन्दर्भमा भने हामी सबै यसमा चुकेकै हो । एकप्रकारको उदासीनता हामीले यसमा राख्यौं । मलाई के लाग्छ भने यसमा सरकारले विधेयक प्रस्तुत गरेको छ । यो ठीक भएको छ । हामी सबैले सकारात्मक भएर यो विधेयकलाई चाँडोभन्दा चाँडो यसको सर्वस्वीकार्य हुनेगरी यही सत्रबाट टुंग्यायौं भने बेलाबेलामा आउन खोज्ने अप्ठ्याराहरू आफैँ बन्द हुन्छ ।’

  • २५ फाल्गुन २०७९, बिहीबार १६:३६ प्रकाशित