राष्ट्रपति निर्वाचन : मतदान सकियो, ४ बजेबाट गणना

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति निर्वाचनको लागि भएको मतदान सकिएको छ । मतगणना ४ बजेबाट हुने भएको छ । विजेतालाई आजै प्रमाणपत्र वितरण गर्नेगरी मतदान सकिएलगत्तै मतगणनता सुरू हुने भएको हो । संघीय र प्रदेशतर्फको अलगअलग गणनास्थल रहने छ ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल र सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । पौडेलले कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेम्वाङले सांसद महेश बर्तौलालाई प्रतिनिधि बनाएका छन् ।

राष्ट्रपति उम्मेदवारका प्रतिनिधिहरूसँग निर्वाचन आयोगको मतगणनासम्बन्धी बैठकको ७ वटा निर्णय पनि गरेको छ ।

यी हुन् निर्णय
१। दिउँसो ४ बजे देखि मतगणना सुरू हुने ।

२। स्वस्तिक छाप लगाउनु पर्ने । त्यस बाहेकको मत संकेत प्रयोग भएकोमा बदर हुने ।

३। सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने, अन्यथा बदर ।

४। संघीय संसद र प्रदेशसभाको अलगअलग मतगणना हुने ।

५। मतगणनामा रास्ट्रपति उम्मेद्बारका निर्वाचन प्रतिनिधि र एकएक जना गणना प्रतिनिधि रहनेछ ।

६। मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने ।

७। मतगणनापश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बाँडिने ।

  • २५ फाल्गुन २०७९, बिहीबार १५:३२ प्रकाशित