स्ववियु निर्वाचन : १ लाख ६१ हजार विद्यार्थीले भोट हाल्ने

केन्द्रभाग मिडिया

काठमाडौँ । चैत ५ गते हुन गइरहेको त्रिवि स्ववियु निर्वाचनमा १ लाख ६१ हजार भन्दा बढी विद्यार्थीले भोट हाल्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयका देशभरका ६२ वटा आंगिक क्याम्पसहरूमा १ लाख ६१ हजार ४५४ जना विद्यार्थीको नाम सार्वजनिक गरिएको छ ।

जसमा उपत्यका बाहिर ९४ हजार ८०८ जना र उपत्यकाभित्र ६६ हजार ६४६ जना विद्यार्थी मतदाता रहेका छन् । सबैभन्दा बढी विद्यार्थी पोखराको पृथ्वीनारायण क्याम्पसमा रहेका छन् । जहाँ १० हजार ८७० जना विद्यार्थीहरू छन् ।

त्यसपछि सबैभन्दा बढी विद्यार्थी वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा छन् । जहाँ १० हजार २६२ जना विद्यार्थी रहेका छन् । सबैभन्दा कम विद्यार्थी रामपुर चितवनको चितवन इन्जिनियरिङ क्याम्पसमा रहेका छन् । जहाँ ७१ जना मात्रै मतदाता विद्यार्थी रहेका छन् ।

  • २५ फाल्गुन २०७९, बिहीबार १५:१३ प्रकाशित