राष्ट्रपति चुनाव : हालसम्म संघतर्फ २९७ र प्रदेशतर्फ ५१५ मत खस्यो

केन्द्रभाग मिडिया

काठमाडौं । संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति निर्वाचन जारी रहेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले पौने २ बजेसम्म २९७ संघीय सांसदले र प्रदेशसभा तर्फ ५१५ जना सांसदले मतदान गरेको जनाइएको छ ।

दिउसो ३ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • २५ फाल्गुन २०७९, बिहीबार १४:०९ प्रकाशित