मादी गाउँपालिकाले फागुन २७ मा स्थापन दिवस मनाउने

केन्द्रभाग मिडिया

पोखरा ।
मादी गाउँपालिकाले फागुन २७ गते स्थापना दिवस मनाउने भएको छ । पालिकाले स्थापना दिवसको दिन प्रत्येक वडाबाट उत्कृष्ट व्यवसायी सम्मान गर्ने भएको मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपिकृष्ण अर्यालयले जानकारी दिए ।

दिवसको अवसरमा विविध सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको पालिकाले जनाएको छ । पालिकाको कार्यालय प्रांगण याङ्जाकोटमा कार्यक्रम हुने छ ।

 

  • २५ फाल्गुन २०७९, बिहीबार १५:१४ प्रकाशित