काठमाडौं । नेपाल मजदुर किसान पार्टी राष्ट्रपति निवावचनमा सहभागी नहुने भएको छ ।
राष्ट्रपतिका दुवै उम्मेदवार र पार्टीले आश्वस्त पार्न नसकेकाले निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको नेमकिपाका सचिव प्रेम सुवालले विज्ञप्तिमार्फत जनाएका छन् ।
राष्ट्रपति निर्वाचनमा नेमकिपाका एक संघीय सांसद र दुई प्रदेश सांसद मतदाता रहेका छन् ।