प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासमा

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ ।

उक्त रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकज इजलासमा परेको छ ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज ९बिहीबार० प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

अदालतले प्रचण्डलाई आज हाजिर हुन भनेको तारेख पर्चामा उल्लेख गरेको छ ।

  • २५ फाल्गुन २०७९, बिहीबार १०:५३ प्रकाशित