भैरहवा उडेको श्री एयरलाइन्स जहाजको इन्जिनमा आगो लाग्यो

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं। ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।

सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ । विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए ।

 विमानको एउटा इन्जिनमा समस्या आएपछि काठमाडौं फर्काएर त्रिभुवन विमानस्थलमा अवतरण गराइएको छ ।

 इन्जिन अफ गराएर विमानलाई काठमाडौंमा नै अवतरण गराइएको एयरलाइन्सले जनाएको छ ।त्रिभुवन विमानस्थलबाट उडेको करिब २० मिनेटमा विमान फेरि काठमाडौं फर्काइएको थियो ।
  • २५ फाल्गुन २०७९, बिहीबार १०:११ प्रकाशित