काठमाडौँ ।
काठमाडौँ उपत्यका विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा रहँदै रेकर्ड तोडेको छ ।
पछिल्लो चार दिनयता काठमाडौंमा वायु प्रदूषण निरन्तर बढ्दा आज (बुधवार) काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको यूरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले देखाएको छ । उक्त तथ्यांकअनुसार वायुको गुणस्तर सूचकाङ्क अस्वस्थकर देखिएको छ ।
आईक्यूएयरका अनुसार बुधवार अपराह्न १ः३५ बजे काठमाडौँको अमेरिकन एम्बेसी अगाडिको मापनयन्त्रले देखाएको वायु प्रदूषणको मात्रा २३४ यूएस आईक्यूआई छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का अनुसार आईक्युआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ । आईक्युआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ ।