मुस्ताङ ।
कास्की लगायत गण्डकी प्रदेशका जिल्लाहरुसहित आज देशका अधिकांश जिल्लामा मौसम बदलिएको छ । उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा भएको छ ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले तल्लो क्षेत्रमा पानी परिरहेको र डाँडामा हिउँ जमेको जानकारी दिएका छन् । जमिन तातेकाले हिउँ जमिसकेको छैन डाँडा भने सेताम्मे भएका छन् ।
मौसम चिसो भएपछि जमिनमा हिउँ जम्ने लालचनले बताए ।