आज यी भू-भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

आज देशका देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। राती भने कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भू-भाग चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। प्र-मनसुनको समय भएकाले दिउँसो तिरबाट अचानक हावाहुरी चल्ने र असिना पानी पर्ने सम्भावना रहेकाले हिडडुल गर्दा छाता तथा रेनकोट साथमा लिएर हिड्न महाशाखाले सुझाव दिएको छ ।

  • २४ फाल्गुन २०७९, बुधबार ०९:०४ प्रकाशित