काठमाडौँ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नौ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरूलाई बुधबार बिहानसम्म काठमाडौं पुग्न निर्देशन दिएको छ ।
गठबन्धनमा राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको मंगलबार बसेको बैठकले सबै मतदातालाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं पुग्न र दलमा सम्पर्क राख्न निर्देशन दिएको हो ।
गठबन्धन कार्यदलका संयोजक एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरुलाई बुधबारसम्म काठमाडौं पुग्न निर्देशन दिइएको र निर्वाचनसँग जोडिएका प्राविधिक पाटोलाई व्यवस्थित गर्नेबारे छलफल भएको बताए ।
जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले मतदातालाई प्रशिक्षित गर्ने, मत बदर हुन नदिने र समयमै आएर मतदान गर्न समन्वय गर्ने हिसावले गठबन्धनको कार्यदलमा छलफल भएको जानकारी दिए ।