माओवादीधारको अर्को बैठक २६ गते बस्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

माओवादीधारहरुको बैठकलाई निरन्तरता दिइने भएको छ । आगामी फागुन २६ गते माओवादी धारहरुको बैठक बस्ने भएको छ ।

सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउन दबाब दिने उद्देश्यले माओवादी धाराहरूको बैठक बस्ने नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले बताए ।

सबै माओवादीहरू मिल्नु पर्ने भन्दै सहभागीहरूले आ आफ्नो धारणा राखेको बुढाले बताए ।

  • २३ फाल्गुन २०७९, मंगलवार १४:०१ प्रकाशित