आगलागीमा परी एक वृद्धको ज्यान गयो

केन्द्रभाग मिडिया

दोलखा।

दोलखाको कालिन्चोक गाउँपालिका – २ डाकाका ८७ वर्षीय महवीर थामीको जलेर मृत्यु भएको छ।‌

सोमबार राति घरमा खाना खाएर आफ्नै घरमा सुतिरहेका उनको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। वृद्ध घरमा एक्लै बस्दै आएका थिए ।

आगलागीमा परेर वृद्धको शरीर पूर्णरुपमा जलेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश सिग्देलले बताए।
आगलागीबाट वृद्धको एकतले घर जलेर पूर्ण रुपमा नष्ट भएको छ।

  • २३ फाल्गुन २०७९, मंगलवार १०:५४ प्रकाशित