हावाहुरीले फेवा तालमा एउटा डुंगा बेपत्ता, ४ जनाको उद्धार

केन्द्रभाग मिडिया

पोखरा ।
फेवातालमा एउटा डुंगा डुबेर बेपत्ता भएको छ ।

आज दिउसो करिब ४ बजे तिर आएको हावाहुरीले डुंगा बेपत्ता भएको हो । वडा प्रहरी कार्यालय, बैदामका प्रहरी नायब उपरीक्षक वेद जोशीले डुंगा बेपत्ता भएको जानकारी दिए । तालमा अहिले खोजी कार्य जारी छ ।

डुंगामा के कती जना थिए भन्ने खुलेको छैन । ४ जनालाई भने सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

  • २० फाल्गुन २०७९, शनिबार १६:५९ प्रकाशित