काठमाडौँ ।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले रामचन्द्र पौडेललाई हराउनु पर्ने बताएका छन् । शनिबार विहान सामाजिक सञ्जालमार्फत बास्कोटाले संविधानको रक्षाका लागि सुवास नेम्वाङलाई जिताउनु पर्ने बताएका हुन् ।
साथै उनले कांग्रेसलाई आफ्नै खुट्टामा उभिने बनाउन महामन्त्री बनेका गगन थापाले प्रचण्डको पाउमा तेल घस्दै बसेको बताएका छन् । उनले लेखेका छन्, ‘गगनले भन्याथे–कांग्रेसलाई आफ्नै खुट्टामा उभिने बनाउन मेरो महामन्त्रीमा उमेदवारी।तर आज उनी प्रचण्डको पाउमा तेल घस्दैछन।रामचन्द्र हराऊ,सुवास जिताऊ।प्रचण्ड होईन,देउवालाई तुलनात्मक जनमत प्राप्त छ।चकचकेको कचकच बन्द हुनै पर्छ।राम पुज्ने हो,खराऊ पुज्नु भ्रम ,देउवा सत्य प्रचण्ड भ्रम।’