अब नारायणी पुलमा ‘स्मार्ट बत्ती’

केन्द्रभाग मिडिया

चितवन ।

भरतपुर महानगरपालिकाले ‘उज्यालो सहर’ अभियान अन्तर्गत चितवनको नारायणगढस्थित नारायणी पुलमा स्मार्ट बत्ती जडान गरेको छ ।

बिहिबार साँझ महानगरकी मेयर रेणु दाहालले बत्ती बालेर स्मार्ट बत्तीको उद्दघाटन गरेकी हुन् । गत जेठमा हावाहुरीले पूलमाथि राखिएका पोलहरु ढलेका थिए । भरतपुर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको संयुक्त पहलमा पुलमा १४ वटा पोल राखेर स्मार्ट बत्ती जडान गरेका हुन् ।

पोलमा राखिएका बत्ती डिजिटल माध्यमबाट बाल्न र निभाउन मिल्छ ।

  • १९ फाल्गुन २०७९, शुक्रबार १६:४५ प्रकाशित