दलितको घरमा भोज खाएको भन्दै सामाजिक बहिष्कार

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

दलितको घरमा गएर भोज खाएको भन्दै महोत्तरीमा एक परिवार सामाजिक बहिष्कारमा परेको छ । महोत्तरीको सोनमा गाउँपालिका ४ खेसराहका भिखारी महतोको परिवारलाई ‘अछूत’ भन्दै समाजले बहिष्कार गरेको हो ।

महतोले गत पुस १९ गते गाउँकै शुभनारायण राम (चमार)को घरमा भोज खाएका थिए । तेस्रो सन्तानको रुपमा छोरा पाएको खुसीमा (६ दिनमा हुने छठिहार)मा शुभनारायणले साधुसन्तको भोज (भण्डारा) गरेका थिए ।

सोही भोजमा महतो पनि सरिक भएका थिए । त्यसपछि उनी महतो (कोइरी) समुदायको बहिष्करणमा परेका हुन् ।महतोको समाजले सार्वजनिक रुपमा माफी नमागेसम्म जातमा समावेश नगर्ने भन्दै बहिष्कार गरेको उनले बताएका छन् ।

  • १९ फाल्गुन २०७९, शुक्रबार १५:२३ प्रकाशित